Saturday, May 3, 2008

स्विट्जरल्यान्डमा बिजयउत्सब कार्यक्रम भब्यताका साथ सम्पन्न

संसार लाई नै चकित पार्दै नेपाल मा हालै सम्पन्न भयको संबिधानसभा निर्वाचनमा नेकपा माओवादी अत्याधिक मत पायर संबिधान सभामा सबै भन्दा ठुलो दल को रुपमा स्थापित भयकाले र नेपाली जनता को भाग्य निर्माणको ढोका खुलेको सन्दर्भमा चारैतिर खुशीयाली छायको छ। र सोही खुशीयाली लाई हामी स्विट्जरल्यान्ड मा बसोबास गरेर नेपाली जनता को मुक्ती को लागि एकाकार गर्दै आयको र सामन्तबाद र सम्राज्यबादका बिरुद्द सङ्घर्श गर्दै आयको अन्तरराष्ट्रियताबादी नेपाली एक्यबद्दता मंच स्विट्जरल्यान्ड को आयोजनामा उल्यख्य सङ्ख्यामा नेपाली हरु तथा स्विस नागरिक का बिच मा अबिरजात्रा सहित को भब्य बिजयउत्सब कार्यक्रम सम्पन्न भयो।


सस्थाका अध्यक्ष अशोक चौलागाइ को सभापतित्व र सस्थाका सस्थापक सदस्य बिजय खनाल ले स्वागत गर्नु भयको कार्यक्रम लाई सस्थाका उपाध्यक्ष ठाकुर शुबेदी ले सन्चालन गर्नु भयको थियो।
ज्ञात अग्यात सहिदहरु प्रती एक मिनेट मौन धारण गरीशुरु भयको कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुना हरु लाई सस्थाका अध्यक्ष अशोक चौलागाइ ले अबिर लगाइ स्वागत तथा बधाई दिनु भयको थियो। सो कार्यक्रम मा लामो समय सम्म नेपालमा रहेर स्विस बिकास नियोग को सहयोग मा नापी भुमी सुधार मा कार्यरत स्विस नागरिक यदी मुलेमान ले स्विस को पुरानो ईतिहास लाई कोट्याउदै राजतन्त्रको अन्त्यको लागि स्विस नागरिक ले खेलेको भूमिका र देस निर्माण र बिकास को क्रम मा स्विस आर्मी लाई युरोप का बिभिन्न मुलुक मा आर्थिक बिकासको लागि पठायको ईतिहास सुनाउनु भयो,साथै उहाले “कुरो भन्दा काम” भन्ने बिचार का साथ नेकपा माओवादी लाई नयाँ नेपाल निर्माण को लागि बधाई तथा शुभकामना दिनु भयो।
प्रगतिशिल बिद्द्यार्थी हरु को ठुलो सहभागिता रहेको सो कार्यक्रममा उपस्थित सबैले आफ्नो परिचय तथा शुभकामना का साथै नेकपा माओवादीको बिजय ले आफुहरु लाई गौरबान्दित बनायको र यस ऐतिहासिक बिजय उत्सब कार्यक्रम मा सहभागी भइ बिजय मनाउन पाउदा अत्यान्तै खुशी लागेको बताउनु भयको थियो। सम्पूर्ण नेकपा माओबादिका उमेद्दार हरु लाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भयको थियो।
सो कार्यक्रम को अन्त्यमा “युद्दको मैदान बाट फर्कदा” नामक अपेरा कार्यक्रमको क्यासेट देखाइयको थियो।
finds the photo in www.swissnepal.wordpress.com

Monday, April 21, 2008

स्विट्जरल्याण्डमा मजदुर दिबस तथा बिजय उत्सब मनाउने सुचना

अन्तरराष्ट्रियता बादी नेपाली एक्यबद्दता मंच(इन्सोफ स्विस),स्विट्जरल्यान्डले यही आउदो मे १ तारिक का दिन ११९ अौ अन्तरराष्ट्रिय मजदुर दिबस भब्यताका साथ मनाउन स्विट्जरल्यान्डको राजधानी बर्न मा सोही दिन उपस्थित हुन को लागि सम्पूर्ण प्रगतिशिल नेपाली हरु मा अनुरोध गर्दछौ। साथै उक्त दिन बिश्व लाई चकित पार्दै भयको संबिधान सभा चुनाव मा लामो समय देखी नेपाली जनता को मुक्ती को लागि सङ्घर्षरत नेकपा माओवादी अत्याधिक बहुमत का साथ बिजयी भयको सन्दर्भमा हामी प्रबास मा रहेका नेपाली हरु मा अत्यान्त खुशी र हर्सित भयका छौ।
प्रबासी नेपाली हरु नेपाली सामन्तबादी राज्यसत्ताको बिरुद्द नेपाली जनताले चलायको मुक्तिकामी आन्दोलनमा प्रबासमा रहेर पनि एकाकार गर्दै आयको कुरा सर्बबिधितै छ।त्यसैले अन्तरराष्ट्रियता बादी नेपाली एक्यबद्दता मंच (इन्सोफ स्विस),स्विट्जरल्यान्डको आयोजनामा भर्खरै सम्पन्न संबिधानसभाको चुनाव मा नेपाली जनताले जारी गरेको अभीमतलाई सम्मानार्थ र स्वागत गर्नको लागि सोही दिनमानै बिजय उत्सब मनाउने कार्यक्रम भयको हुँदा सो अबसरमा स्विट्जर्ल्यान्ड मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु मा उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ।
बिस्त्रित जानकारी को लागि सम्पर्क ठाकुर सुबेदी(००४१७६३१०८४५२)र बिजय खनाल(००४१७६५३५२९६७)लाई संपर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौ।

Saturday, March 22, 2008

ह्याप्पी होली :परिबर्तित काठमाडौं र परिबर्तित होली

कुरा २००३ को हो जब मैले काठमाडौं मा होली मनाउने अबसर पायको थिय। त्यती बेला को होली र अहिले को होली मनायको कुरा सुन्दा/ हेर्दा(समाचारहरु मा)केही फरक जस्तो लाग्यो। त्यती बेला म लगायत केही साथी हरु पनि ४ वटा मोटरसाइकल मा करिब सात/आठ जना को समुह बनाएर होली खेल्न निस्केका थियौ। बिहान देखी बेलुकी सम्म होली खेल्दा बडो रमाइलो भएको थियो जो यो बर्ष काठमाडौं मा होली खेलियका समाचार,फोटो, भिडियो हेरेर ताजा भयो। तर त्यो बेला को होली मा र अहिले को होली मा चै केही फरक जस्तो लाग्यो। जे भय पनि त्यो बेला को होली भनेको देसमा युद्द चलेको बेला को थियो भने अहिले देसमा सान्ती छायको छ।त्यै भयर पनि हुन सक्छ यो बर्ष को होली अली उत्साहापुर्बक मनाइयो जस्तो छ .
होली सम्बन्धी केही तस्बिर हरु :


केटा हो कि केटी हो? नेपाली हो कि बिदेसी हो चिन्नै गार्हो

किन मेरो फोटो खिचेको ?यो बर्ष चाँही केटी हरु को पनि उल्लेख्य सहभागिता थियो जस्तो छ





अप्रत्यासित रुपमा टाउका मा लोला....
सबै फोटो नेपाल जापान डत कम बाट साभार

Tuesday, March 18, 2008

The Best Momonts In Life


1. Falling in love.

2. Laughing so hard your face hurts.

3. A hot shower.
4. No lines at the supermarket.

5. A special glance.

6. Getting mail.

7. Taking a drive on a pretty road.

8.. Hearing your favorite song on the radio.
9. Lying in bed listening to the rain outside.

10. Hot towels fresh out of the dryer.

11. Chocolate milkshake. (or vanilla or strawberry!)

12. A bubble bath.

13. Giggling.

14. A good conversation.

15. The beach

16. Finding a 20 dollar bill in your coat from last winter.

17. Laughing at yourself.

19. Midnight phone calls that last for hours.

20. Running through sprinklers.

21. Laughing for absolutely no reason at all.

22. Having someone tell you that you're beautiful.

23. Laughing at an inside joke.

24. Friends.

25. Accidentally overhearing someone say something nice about you.
26. Waking up and realizing you still have a few hours left to sleep.

27. Your first kiss (either the very first or with a new partner).

28. Making new friends or spending time with old ones.

29. Playing with a new puppy.

30. Having someone play with your hair.

31. Sweet dreams.

32. Hot chocolate.

33. Road trips with friends.

34. Swinging on swings.

35. Making eye contact with a cute stranger.

36. Making chocolate chip cookies.

37. Having your friends send you homemade cookies.

38. Holding hands with someone you care about.

39. Running into an old friend and realizing that some things (good or bad) never change.
40. Watching the __expression on someone's faceas they open a much desired present from you. 41. Watching the sunrise.

42. Getting out of bed every morning and being grateful for another beautiful day.

43. Knowing that somebody misses you.

44. Getting a hug from someone you care about deeply.

45. Knowing you've done the right thing, no matter what other people think.

Monday, March 17, 2008

संबिधानसभा निर्वाचन को लागि नेकपा माओवादी ले जारी गरेको प्रतिबद्दता पत्र

संबिधानसभा निर्वाचन को लागि नेकपा माओवादी ले जारी गरेको प्रतिबद्दता पत्र पढ्न तलको लिङ्क मा थिच्नुहोस।
नेकपा माओवादी: प्रतिबद्दता पत्र

बाम तालमेल नभय प्रतिगामिलाई फाईदा:प्रकाश

नेकपा एकताकेन्द्र मशाल का माहामन्त्री क. प्रकाश ले संबिधानसभा चुनावमा बामतालमेल हुन नसक्नु दुर्भाग्यपूर्ण भन्नुभयको छ। उहाले यदी समयमै बाम दलहरु गम्बिर भयर तालमेल नगरने हो भने यो दुर्भाग्यपूर्ण हुने र यसले बिदेसी चलखेल बडाउने र नयाँ नेपाल बनाउने जनता को सपना पुरा नहुने बताउनु भयको छ।
माहामन्त्री क.प्रकश द्वारा आज जारी बिग्यप्तिमा अगाडि भनियको छ गणतन्त्र स्थापनाका लागि बामदल हरु बिच तालमेल आबस्यक रहेपनी त्यस तर्फ प्रगती हुन नसक्दा सम्पूर्ण गणतन्त्र बादी र देसभक्त लाई निरास र चिन्तित बनायको छ। यता एमाले का नेता हरु बाम तालमेल को बिपक्छ मा कुरा गर्दै हिडिरहेका छन। भने नेकपा माओवादीको नेकापा एकता केन्द्र मसाल को चुनाबी मोर्चा जनमोर्चा नेपाल सँग हुने भनियको तालमेल को कुरा पनि अगाडि बड्न सकेको छैन । यसरी बामदाल एक आपसमा समझदारी/तालमेल नगरि चुनाव मा जादा प्रतिगामी तत्व ले यसको फाईदा उठाउने बारेमा सबै दल बेलैमा सचेत हुनु जरुरी छ I

आँखा को परिक्षण

तल दीयको तस्बिरको बिच भाग मा १ मिनेट लगातार हेर्नुस्। यदी तपाईं ले हेर्न सक्नु भयो भने तपाईं का आँखा ठीक छन नत्र भने कृपया आँखा जचाउनुहोस । धन्यवाद

इन्धन अभाब ले राजधानि को फोहोर उठ्न सकेन

इन्धन आभाब का कारण राजधानी को फोहोर बिगत ३ दिन देखी उठ्न सकेको छैन। फोहोर बोक्ने महानगर का २४ ट्रक डिजेल अभाब का कारण चल्न नसक्ना ले गर्दा फोहोर उठाउन समस्या भयको हो। बिगत मा जसो तसो सङ्कलन गरेर थुपारियको फोहोर ल्यान्ड्फिल्ड साइटमा लैजान नसक्दा टेकु मा रहेको ट्रान्सफर केन्द्र समेत दुर्गान्दित बन्न पुगेको छ। महानगर मा फोहोर उठाउन र ब्यबस्थापन गर्न मात्र दैनकी २ हजार लिटर इन्धन को आबस्यक्ता पर्ने स्रोत उल्लेख गर्दछ। यसैबिच सोमबार सशस्त्र प्रहरी को पम्प ले केही पेट्रोल उपलब्ध गरायको ले केही मात्रा मा फोहोर सिमाडोल लगियको छ। स्रोत भन्छ जम्मा तिस ट्रक फोहोर मात्र उठाउन सक्यौ र यहाँ ठाउँ नभयको ले केही गाडी त्यता पठायका छौ। यसभन्दा अगाडि दैनकी ६० ट्रक फोहोर सिमाडोल लानेगरेको कुरा महानगर का एक कर्मचारी बताउछन । इन्धन अभाब मा बाटोबाट फोहोर उठाउन पनि समस्या भयको छ । अहिले बिस्तारै राजधानि दुर्गन्धित बन्दै गैरहेको छ। सोमबार महानगरपालिका ले आयल निगम लाई केही इन्धन उपलब्ध गराउन अनुरोध त गरेको छ तर हेरौ आयल निगम ले इन्धन देला कि नदेला त>?यस्तै गरी अहिले राजधानी बासी मा दैनिक उपभोग्य बस्तुको पनि अभाब पर्न थालेको छ। एकातिर खाना पकाउने ग्यास छैन भने आर्को तिर मट्टितेल पनि पाइदैन। अझै २/४ दिन यस्तै रहने हो भने यसले ठुलै बिद्द्रोह सिर्जना गर्ने पक्का छ ।


पेट्रोल को लागि लाइन :आजभोलि राजधानी मा यस्तो लाइन जताततै देख्न पाईन्छ। फोटो हाम्रो ब्लग डट कम बाट साभार

बिहारी शैलीको चुनाव रोक्न वाइसीएल परिचालनः कृष्ण ब.महरा(सुचना तथा संचार मन्त्री)

नेकपा माओवादीका प्रबक्ता तथा नेपाल सरकारका सुचना तथा संचार मन्त्री तथा प्रबक्ता श्री कृष्ण ब महरा ले आसन्न संबिधान सभा को निर्वाचन मा वाइ शि यल स्वयम सेबक को रुपमा प्रोयोग गर्न लागियको बताउनु भयको छ।
बिहीवार बिहान दोलखा को चरिकोट मा कान्तिकारी पत्रकार संघ द्वारा आयोजित पत्रकार भेट घाट कार्यक्रम मा उहाले उक्त कुरा बताउनु भयको हो। साथै उहाले बिहारी सैली को चुनाव हुन नदिन बुथ कब्जा हुन नदिन र मतदाता हरु लाई सुरक्छा को प्रत्याभुती दिन योङ कम्युनिस्ट लिग को परिचालन गरिन लागियको बताउनु भयो । साथै उहाले कसैले पनि यसको बारेमा चिन्ता र सङ्का नगर्न आग्रह गर्नु भयो। स्रोत> एजेन्सी(from my old blog:www.swissnepal.wordpress.com)

सेना परिचालन गरे रक्तपात हुन्छ - सि पि गजुरेल


काठमाडौं, २६ माघ/ नेकपा-माओवादी)का वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ ले संविधानसभा निर्वाचन गर्नका लागि मधेसमा सेना परिचालन आवश्यक नरहेको बताउनुभएको छ ।तराई बौद्धिक समाजद्वारा शनिबार राजधानीमा आयोजित ‘संविधानसभा चुनाव र मधेस आन्दोलन’ विषयक अन्तक्रिर्या कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले सेना परिचालन गरेर निर्वाचन भएमा त्यसको अर्थ नरहने बताउँदै भन्नुभयो-’सेनालाई अघि ल्याइएमा रक्तपातपूर्ण स्थिति आउनसक्छ, थुप्रै जनताले ज्यान गुमाउनेछन् ।’उहाँले अहिलेको प्रमुख एजेन्डा नै संविधानसभा निर्वाचन सम्पन्न गर्नु भएकाले तराईमा संघर्षरत समूहहरूलाई वार्तामा आउन आग्रह गर्नुभयो । ‘अब पनि निर्वाचन हुनसकेन भने सिंगो देश भड्खालोमा पर्ने सम्भावना छ, जसले परिवर्तन र अग्रगमनविरोधी राजावादीहरूलाई मात्रै फाइदा पुग्छ तसर्थ एक भएर निर्वाचनमा जाऔं’-उहाँको आग्रह थियो ।here is origional text